कागज

कर बीजकमा के देखिनुपर्छ

कर बीजक एउटा बिक्रीको प्रमाण हो। यसको नम्बर, मिति, विक्रेता, खरिदकर्ता, सामान, कर र जम्माले किताबकै कुरा भन्नुपर्छ।

कर बीजक जाँच्दै कपडा पसल सञ्चालक
सफा बिल ग्राहक, पसल र कर कार्यालय तीनैलाई उपयोगी हुन्छ।

आवश्यक विवरण

ए फोर र ८० मिमि एउटै बिल हुन्

पुर्जाले एउटै जारी कागजात ए फोर वा ८० मिमि थर्मल रोलमा छाप्छ। ठाउँअनुसार बनावट फेरिन्छ, आँकडा र नम्बर फेरिँदैन।

COPY किन आउँछ

पहिलो प्रिन्ट मूल प्रति हो। दोस्रोदेखि पुर्जाले COPY देखाउँछ। फेरि प्रिन्ट गर्दा नयाँ बीजक बन्दैन।

सुधार सम्पादन होइन। जारी कर बीजक गलत भए क्रेडिट नोट वा नियमले मिल्ने अवस्थामा रद्द गरेर नयाँ बीजक बनाइन्छ।

आईआरडीको कर बीजक ढाँचा हेर्नुहोस्।

आफ्नै बिल छाप्नुहोस्।

वास्तविक ग्राहक र सामानले दुवै प्रिन्ट आकार जाँच्नुहोस्।

पसल सुरु गर्नुहोस्